

-
वाग्मती
मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ ।
उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् । उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।
उद्योगले खानी उत्खनन गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताए । उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उनको भनाइ थियो ।
समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बँुदे माग राखेको थियो । मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।
उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिए।
उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उनले बताए ।चालू आवको २०६ योजना सम्झौतामध्ये ७४ योजना सम्पन्न
हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ । सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न भएको हो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा ती योजना पूरा भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
सम्झौता भई कार्यावन्यनमा रहेका धेरै योजना सम्पन्न हुने चरणमा पुगेको र कतिपय योजना सम्पन्न भएर भुक्तानीको चरणमा छन् । उपमाहगपालिकको गौरवका आयोजनाका रुपमा रहेको हेटौँडा वडा नं ४, ५ र ८ को मध्य भागमा रहेको कोर्रा करिडोर निमार्णको दोस्रो चरणको कार्य अगाडि बढाइएको, उपमहानगर क्षेत्रमा विगत ५ महिनामा आठ किलोमिटर स्ल्याब ढलान गरिएको, हेटौँडा वडा नं– १० मा रहेको एकीकृत बस टर्मिनल निमार्ण भइरहेकाले कार्यप्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको उहाँको भनाइ थियो ।
वडा नं ८ मा रहेको चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण कार्य द्रुतगतिमा भइरहेको, जिल्ला समन्यय समिति तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसगँको समन्वयमा हेटौँडा वडा नं –१४ स्थित वनेलधाप कालोपानी खानेपानी योजनाको निमार्णकार्य अन्तिम चरणमा रहेको, वाग्मती प्रदेश सरकारको कार्यक्रमअन्तर्गत दुई वटा स्वीकृत आयोजनामा संझौताको अन्तिम चरुणमा रहेको, बागमती प्रदेश सरकारबाट हस्तान्तरित सर्सत अनुदानको २९ वटा आयोजनामध्ये ८ वटा सम्पन्न भइसकेको, १६ वटामा सम्झौता भएको र बाँकी सम्झौताको अन्तिम चरणमा रहेको बताइएको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
उपमहानगरपालिकाको प्रत्येक वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने लक्ष्यअनुरुप वडा नं १४ को वकार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र वडा नं७ को कार्यालय भवन निर्माणका लागि अघि बढाइएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
चुनाव नजिकिएपछि आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ
सोमवार, माघ २७, २०८२



