

-
भक्तपुर : चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा यो अभियान सुरु भएको जानकारी दिइएको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विकासका लहर फैलिएको बताए । उनले १० वटै वडाको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरिनाका साथै सबै वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना अभियान सुरुआत गरिएको र सुडाल स्वास्थ्यचौकीमा पनि प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्यचौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताए ।
नगर प्रमुख मिश्रले भने, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्यौँ, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देशभरिका पालिकामध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापनासँगै त्यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।”
वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्यचौकी पहिलो भएको बताए । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले विनियोजन गरेको रकमबाट ल्याब सञ्चालनमा ल्याइएको बताउँदै उनले स्वास्थ्यचौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पु¥याउने बताए ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले अव स्वास्थ्यचौकीमा मधुमेह, युरिक एसिड, युरिया, क्रेटिनेन, बिल रूविन ९जन्डिस०, टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी टोटल काउन्ट, आरबिसी, इएसआर, युरिन, दिशा खकार जाँचटाइफाइड र एचआइभीको परीक्षण हुने बताए ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२