

-
काठमाडौँ : सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सुर्खेत जिल्लाको साविकका लेखफर्सा, काफलकोट र लेखपराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय, मेहलकुना, सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको बताए ।
सो बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा यही यही पुस १८ देखि ३० गतेसम्म घर बिदामा रहनुहुने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि निर्णय गरेको छ ।
मन्त्री कार्कीका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटोविज्ञ डा गङ्गादत्त आचार्यलाई सार्क कृषि केन्द्र ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय भएको छ । यस्तै बैठकले टाक्टोर–लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २।५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ ।
यसैगरी सोही दिनको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । सरकारले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा तनहुँ जिल्ला भानु–४, का ऋषिराम पन्त र कार्यकारी निर्देशकको पदमा सोही ठाउँका शङ्कर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै तमू ल्होसारको अवसरमा यही पुस १५ गते बिहीबार सार्वजनिक बिदा दिने गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८


सम्बन्धित शीर्षकहरु
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२ -
एयर इन्डिया विमान दुर्घटनामा १ जना बाँच्न..
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२