

-
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल केही बेर अघि खुलेको हो ।विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यस क्रममा कतारको दोहाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ।
यसअघि बिहानै आएका चार वटा जहाजलाई भने डाइभर्ट गरिएको छ। सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो।तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कलकत्तामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
फ्लाइ दुबईको जहाजलाई कलकत्ता डाइभर्ट गरियो भने साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स, कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्सलाई ढाका डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको थियो।
यस्तै आन्तरिक तर्फको उडान पनि क्रमशः खुलेको छ। विमानस्थल खुलेसँगै आन्तरिक सेवा प्रदायकहरूले उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।
News Desk 0 response शुक्रबार, पुस १६, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२