

-
काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामीु’ल्याउन सक्ने चेतावनी दिएको छ ।पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको डब्लूएचओको भनाइ छ ।
पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढिरहेको छ । फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोल्यान्डमा कोरोनाको चौथो लहर तीव्र रूपमा फैलिइरहेको छ ।पोल्यान्डमा बुधबार मात्रै कोरोनाका कारण ७९४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मृत्यु भएकामध्ये तीन चौथाइले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।
त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ । पछिल्लो समय विश्वभर कोरोनाको ओमिक्रोन भेरिएन्ट नै हाबी भएको विज्ञहरूको भनाइ रहेकाे छ । डेल्टाको तुलनामा यसबाट हुने जोखिम कम भए पनि यसैका कारण संक्रमणमा तीव्रता आएको जनस्वास्थ्यविद्को भनाइ छ ।डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पनि डेल्टा र ओमिक्रोन नै विश्वमा तीव्र रूपमा भइरहेको संक्रमणको प्रमुख कारण भएको बताएका छन् ।
भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ।कीर्तिमानी संख्यामा संक्रमण बढ्नुमा डेल्टा र ओमिक्रोन भेरिएन्ट दुवै प्रमुख कारण रहेको छ । ओमिक्रोन धेरै संक्रामक हुनु चिन्ताको कुरा हो । उही समयमा डेल्टाजस्तै यो भेरिएन्ट पनि फैलिइरहेकाले संक्रमणको सुनामी आउन सक्ने जोखिम छ । कोभिडका कारण मात्रै स्वास्थ्य प्रणाली धराशायी नभएको उल्लेख गर्दै स्वास्थ्यकर्मी आफैं बिरामी परेकाले थप चुनौती थपिएको छ ।
त्यस्तै खोप नलगाएका व्यक्ति सबैभन्दा बढी जोखिममा रहेकाले पनि यसलाई तीव्रता दिनुपर्ने छ । डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको बताइएको छ ।न्यून आय भएका मुलुकमा खोपको आपूर्ति कम भएको र सिरिन्ज अभावका कारण उत्पादित भएका खोपको पनि म्याद जाने जोखिम थपिएको छ । यसले २०२२ को जुलाईसम्ममा ७० प्रतिशतलाई खोप लगाइसक्ने डब्लूएचओको लक्ष्यमा चुनौती थपिएको छ ।
News Desk 0 response बिहिबार, पुस १५, २०७८

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



