

-
राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहितउनकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।
खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए ।
घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।
News Desk 0 response बिहिबार, पुस १५, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



