

-
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ रिखडाका भूमि नभएका सुकुम्वासीलाई लालपूर्जा दिइने बताएका छन् ।सिलगढी–झिग्राना जोड्ने सडकको अनुगमनका लागि हिजो (बिहीबार) यहाँ पुगेका मुख्यमन्त्री भट्टले जग्गा जमिन भएर सुकुम्वासी भएका रिखडावासीलाई छिटो लालपूर्जा दिइने बताएका हुन् ।
उनले भने, ‘रिखडाका सुकुम्वासीका समस्या थाहा नपाएको, नसुनेको, नबुझेको हैन तर विविध कारणले समस्या समाधान गर्न सकिएन । अब यो समस्या समाधानका लागि हामी छलफल चलाइरहेका छौँ, प्रदेश सरकारले तपाईँहरूको समस्या समाधान गर्छ ।’रिखडामा रहेका सुकुम्वासीको समस्या समाधानका लागि प्रदेश सरकारले पहल चालिरहेको मुख्यमन्त्री भट्टले बताए । उनले थप भने, ‘सुकुम्वासीका लागि बनेका घर पनि लथालिङ्ग भएका छन्, अब चाँडै समस्या समाधान गर्छौँ ।’ मुख्यमन्त्री भट्ट सडक अनुगमनका लागि बग्लेक आउँदै गरेको खबर पाएपछि लालपूर्जा विहीन यहाँका सुकुम्वासीहरु लालपूर्जाको पहलका लागि मुख्यमन्त्री भट्ट भेट्न त्यहाँ आइ पुगेका थिए ।
पूर्वीचौकी गाउँपालिका–२ ९साविकको बग्लेक गाविस–६ र ७० रिखडाका करिब ३०० घर परिवारसँग घर र जमिन भए पनि उक्त घर र जमिनको लालपूर्जा नभएकै कारण सुकुम्वासी भएकाले लालपूर्जाका लागि पहल गरिदिन आग्रह गरिएको साविकको बग्लेक गाविसका अध्यक्ष चामा साउदले बताए ।उनले भने, ‘घर जग्गा बनाएका छौँ तर लाल पूर्जा छैन, कसरी काम गर्ने, लाल पूर्जा नभएकै कारण बैङ्कले ऋण दिँदैन के गरी खाने ? ।’ जमिनमा अन्नबाली, तरकारी खेती, फलफूल लगाएर दैनिक गुजारा गरिरहेका भए पनि त्यो घर र जमिन आफ्नो हो भन्ने कुनै कानुनी आधार नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।
पञ्चायत कालमा आफूहरुले जग्गाको पोत बुझाएको भए पनि विसं २०२२ मा भूमिसुधार लागू भइसकेपछि फुलौटका प्रेमसिंह खड्काले स्थानीयसँग रसिद फिर्ता लगेकाले केही प्रमाण बाँकी नरहेको उनीहरुको भनाइ छ ।जग्गासम्बन्धी विवादमा मुद्दा हारेपछि विसं २०३४ माघ १४ गते तत्कालीन राजा वीरेन्द्र सुदूरपश्चिम भ्रमणमा आउँदा जमिन दिलाइदिन स्थानीयले बिन्तिपत्र चढाएका थिए ।
स्थानीयका अनुसार राजाबाट मुद्दा दोहोर्याइ हेर्नु भन्ने आदेश भएको र विसं २०४३ मा सो जग्गा रिखडावासीका नाममा नाप नक्सा पनि भइसकेको भए पनि मालपोत कार्यालयले उनीहरुलाई लाल पुर्जा उपलब्ध नगराउँदा समस्या भएको बताइएको छ ।जग्गाको नापी रिखाडी साउदका नाममा भए पनि साविक मोठ फुलौटी खड्काका नाममा भएका कारण दर्ता गर्न कठिनाइ भएको मालपोत कार्यालयले जनाएको छ ।
विसं २०४३ को नापी अनुसार फिल्डबुकमा साउद, ठकुल्ला, कामी, कोली दमाईं र सिर्मालको नाममा नाप नक्सा भएको नापी कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, प्रदेशसभा सामाजिक विकास समितिका सभापति कुन्ती जोशीलगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response शुक्रबार, पुस ९, २०७८


सम्बन्धित शीर्षकहरु
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख
शुक्रबार, जेष्ठ ३१, २०८२ -
गृहमन्त्री बोल्दा रास्वपाले गर्यो बेल घेराउ र..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन: गृहमन्त्री..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द..
शुक्रबार, जेष्ठ ३१, २०८२ -
इजरायलद्वारा इरानको युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण
शुक्रबार, जेष्ठ ३१, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कानुन विपरित पशु स्वास्थ्य तथा पशु सेवा..
बुधबार, जेष्ठ २२, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२