

-
वीरगञ्ज : वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन् । उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिए ।
पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा उपसचिवको सरुवा भए पनि फेरी तुरुन्तै अन्यत्र सरुवा भई जाने, वा यहाँ दरबन्दी भए पनि काजमा जाने गरेकाले यो कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहीन हुँदै आएको पाइन्छ । कूल ५३ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल ३३ कर्मचारी छन् । अधिकांश कर्मचारी नहुँदा कार्यालय सञ्चालनमा कठिनाई हुँदै आएको अधिकृत तिवारीको भनाइ थियो ।
हाल एक उपसचिव, एक प्रशासन अधिकृत, एक अधिकृत (मालपोत), पाँच नायब सुब्बालगायत अन्य कर्मचारीसमेत रिक्त छन् । कार्यालयबाट नियमितरुपमा जग्गा रजिष्टेसन, दृष्टिबन्दक (ऋण लिदा गरिने जग्गा रोक्का/फुकुवा), नामसारीजस्ता काम हुँदै आएका छन् । साविकको मालपोत र भूमिसुधार गरी दुई वटा फरक–फरक कार्यालयलाई एकिकृत गरी अहिले भूमि सुधार तथा मालपोत कार्यालयको रुपमा सञ्चालन हुँदैआएको छ ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



