• काठमाडौँ : वन मुद्दामा ४ वर्षअघिदेखि फरार यहाँका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ का ५८ वर्षीय भक्तबहादुर खड्का हुन्।
    वन मुद्दाका आरोपी खड्कालाई जिल्ला अदालत उदयपुरले उनलाई दोषी करार गर्दै ०७४ फागुन १५ गतेको फैसला अनुसार ३५ लाख ४२ हजार २ सय ४५ रुपैयाँ जरिवाना र १ महिना कैद हुर्ने फैसलागरेको थियो।

    अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले खोजविनको क्रममा घरमै फेला पारेर नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।
    विशेष सूचनाको आधारमा पक्राउ गरेर ल्याएलगत्तै सोमबार दिउसो नै खड्कालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतको जिम्मा लगाइएको छ।

    प्रहरीले विभिन्न मितिमा अदालतको फैसला अनुसार दोषी प्रमाणित भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गर्ने आदेश अनुसार उनलाई नियन्त्रणमा लिइएको हो।