• काठमाडौ : रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् ।

    क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् ।

    कलेजका शिक्षक जगत नेपालले आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको अनलाइनखबरलाई बताए । कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् ।  

    उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि मंगलबारको परीक्षा स्थगित भएको छ ।