

-
चितवन : भरतपुरमा विभिन्न व्यवसाय तथा क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ। ३२ करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक प्रविधिको चितवन मिड टाउन (सिएमटी) रिसोर्ट सञ्चालनमा आएको हो।सोमबार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिए।रिसोर्टमा राजमार्ग भएर हिँड्ने यात्रुको लागि यथेष्ट पार्किङ र सबै सुविधासहितको सेवा दिने उद्देश्यसहित रिसोर्ट सञ्चालन ल्याइएको हो।०७६ सालबाट निर्माण कार्य शुरु भएको रिसोर्ट हालै मात्र सम्पन्न गरी सेवा शुभारम्भ गरिएको दुवाडीले बताए। उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीनवटा हल रहेका छन्।
एकैपटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफीसप, स्विमिङपुल, वाल ग्यासकेट, यथेष्टसहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ। चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन र वातावारणमैत्री बिजुली र बाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीले बताए। आगामी दिनमा डिस्को बारसहितको अत्याधुनिक बसको सुविधा दिन लागिएको बताउँदै अध्यक्ष दुवाडीले विभिन्न पर्यटकीयस्थलहरूमा पर्यटकलाई डिनरको सुविधासहित घरसम्म पुर्याउने व्यवस्था गरिने बताए।
राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ।रिसोर्टमा आधुनिक सुविधासम्पन्न ४२ वटा रुम रहेको र छ रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ।
कार्यक्रममा बोल्दै रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भूकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसंँगै सेवा शुरु गर्न लागेको जानकारी दिए।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



