• धनुषा, (प्रदेश नं. २)। नेकपा माओवादी केन्द्रका स्थायी सदस्य गिरिराजमणि पोखरेलले हरित अभियान सुरु गरेका छन् । आईतबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले हरित अभियान सुरु गरेको जनाएका हुन् ।

    महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले जिल्लाको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट सो अभियान शुरु गरेको जनाइएको छ । उनले चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा ३ लाख विरुवा वृक्षारोपण गर्ने जानकारी दिए ।

    हरित अभियानले परिस्थिति प्रणालीको पुनःस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।