• काठमाडौं विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । यस क्रममा उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखेका छन् ।

    त्यस्तै व्यवसायीहरुले भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।