• सिन्धुपाल्चोक जिल्ला सञ्चारको विकासमा अघि बढिरहेको छ । सञ्चारको विकासका लागि बिभिन्न तहबाट बिबिध कार्यक्रमहरु पनि भईरहेका छन् । सो अनुरुप सञ्चारको विकासमा बिशेष चासो राख्नु हुने बागमती प्रदेशका उद्योग,वन,पर्यटन तथा वातावरणमन्त्री सरेश नेपालले यस पटक पनि सञ्चारमाध्यममको भौतिक विकासका लागि सहयोग गर्नुभएको छ । आफूले बिनियोजन गर्ने कोष बाट नेपालले भौतिक संरचना निर्माण गरिरहेको रेडियो जुगललाई ४ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनु भएको छ । त्यसैगरी भर्खरै मलम्चीको बाढीको चपेटामा परेको रेडियो मेलम्चीलाई ३ लाख २७ हजार रुपैयाँ उपलब्ध गराउनु भएको छ । आफू जिल्ला विकास समितिको सभापति हुँदा पनि सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई बिशेष माया गर्नुहुने नेपालले आगामी दिनमा पनि सहयोग गर्ने बचन दिनु भएको छ ।