• काठमाडौं ।

    अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेको जनाइएको छ । विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न मन्त्री शर्माले सचिवहरूलाई निर्देशन दिएका हुन् ।

    पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए । अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी र सङ्घीय मामिला मन्त्रालयका सचिवहरूको उपस्थिति रहको जनाइएको छ ।