• काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक साउन ३ मा बोलाएको छ । पुर्नस्थापित प्रतिनिधि सभाको बैठक डाकिएकै दिन एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामांगका अनुसार बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा ११ वजेका लागि बोलाईएको छ । आफ्नै सांसदले काँग्रेस सभापतिलाई मत दिएर सरकार छोडेको तीन दिनपछि बैठक राखेर अध्यक्ष केपी ओलीले एकता कार्यदलले दिएको प्रतिवेदन अनुमोदन गरेका थिए । साथै कार्यदल पनि भंग गरेर देउवा सरकारलाई बिश्वासको मत नदिएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको थियो । उक्त निर्णय भएको तीन दिनपछि बैठक राखेको एमालेले पार्टीको आगामी योजना तथा संगठन सुदृढिकरणको योजना अघि सार्ने जनाईएको छ ।साथै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।