• गत वर्ष काठमाडौंमा निषेधाज्ञा जारी हुनुभन्दा एक महिनाअघि अर्थात २०७६ फागुन ११ देखि चैत ११ गतेसम्म महिला हिंसा सम्बन्धी ३३ सय १७ घटना प्रहरी प्रशासनमा पुगेका थिए। तीमध्ये घरेलु हिंसाका घटना मात्रै ३२ सय ७७ थिए। चैत ११ गतेदेखि लकडाउन भएपछिको एक महिनामा भने घरेलु हिंसा, दुर्व्यवहार, जवर्जस्ती करणी, आत्महत्याजस्ता महिला हिंसाका ६३ वटा घटना दर्ता भए। जुन अघिल्लो महिनाको तुलनामा झन्डै ९८ प्रतिशत कम हो । त्यही अवस्था अहिले पनि देखिएको छ । वैशाखमा लकडाउन हुनुअघिको एक महिनाको तथ्याङ्कमा महिला हिंसाका ३ सय ५९ घटना देखिए पनि निषेधाज्ञा जारी भएयताका करिब २ महिनामा १ सय ७७ घटना मात्रै प्रहरी प्रशासनमा पुगेका छन्। निषेधाज्ञा र महामारीको जोखिमले न्यायसम्मको पहुँच नहुँदा धेरै घटनाका पीडितले सहेरै बस्नुपरेको महिला आयोगको बुझाइ छ ।