• प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा संबैधानिक परिषद्को बैठकमा नगएपनि आफ्नो भागमा लोकसेवा आयोगको अध्यक्ष पार्न सफल भएका छन् । उनले लोक सेवा आयोगको अध्यक्ष आफुले पाउनु पर्ने भन्दै प्रधानमन्त्री सँग माग गरिरहेका थिए । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्त गर्ने सिफारिस गरेको छ। रेग्मी आयोगकै पूर्वसचिव हुन्।

    प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा उपस्थित परिषदको बैठकले पूर्वसचिव रेग्मीलाई आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    रेग्मीको घर झापा हो। उनी लामो समयदेखि काठमाडौंमै बस्छन् । आयोग अध्यक्षमा सिफारिस भएका रेग्मी सर्वोच्च अदालतमा नेपाली काँग्रेसले सिफारिस गरेका न्यायाधीश कुमार रेग्मीका दाइ हुन्।

    संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका थिएनन्।

    सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले विरोध गरेको छ।तर भाग भने लिएको छ ।