• चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले कोरोनाबिरुद्ध पूर्वतयारीका लागि सुबिधा सम्पन्न आईसोलेसन सेन्टर सञ्चालन गरेको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै गाउँपालिका क्षेत्रमा तीन वटा आइसोलेसन स्थापना गरेको हो । अध्यक्ष राजकुमार पौडेलका अनुसार कुल २३ बेड रहेको आइसोलेसनमा अक्सिजन डाक्टर र एम्बुलेन्ससहितको सुबिधा रहेको छ ।
    गाउँपालिकाको वडा नं ३ मा ५ वेड, वडा नं ४ को फुल्पिङकट्टीमा १० बेड र वडा नं ५ को चाकुमा ८ बेड सहितको आइसोलेसन सञ्चालनमा ल्याइएको अध्यक्ष पौडेलले बताए । संक्रमण बढेको र आवश्यकता परेको अवस्थामा थप आइसोलेसन स्थापना गरिने उनले बताए ।
    तीनै वटा आइसोलन कक्षमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । औषधिसँगै अक्सिजन र डाक्टरसमेत तयारी अवस्थामा छन् । कतिपय स्थानीय सरकार अलमलमा परेका ेला यो गाउँपालिकाले गरेको पूर्वतयारीका उदाहरणीय छ ।