• महामारीकाबीच पनि २७ मध्ये २२ वटा वाणिज्य बैंकहरुले उल्लेख्य नाफा बढाएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई कर्जा पुनर्तालिकीरण गर्ने सुविधा दिएको र अन्य खर्चमा समेत कटौती गरेकाले बैंकहरुको समग्र नाफा बढेको हो । यद्यपि विदेशी लगानी भएका ३ सहित ५ बैंकको भने घटेको छ ।

    महिना पूर्ण लकडाउनमा रह्यो । गत साउनबाट बिस्तारै खुलेको बजारमा केही कारोबार हुन पाए । अन्य क्षेत्र विस्तारै तंग्रिने अवस्थामा प्रयास गरिरहेका बेला बैंकहरुले भने महाकारीकाबीच पनि अघिल्लो वर्षभन्दा साढे ५ अर्ब बढी नाफा कमाएका छन् । गत वर्ष ४५ अर्ब २४ करोड नाफा कमाएका बैंकहरुले यो वर्षको सोही अवधिमा यस्तो नाफा १२ दशमलव एक चार प्रतिशतले बढाउँदै ५० अर्ब ७४ करोड पुर्‍याएका छन् । देशमा सञ्चालित २७ वटा बाणिज्य बैंकमध्ये २२ वटाले नाफा बढाएका छन् भने पाँचवटाको नाफा गत वर्षको तुलनामा घटेको छ । बैंकहरुले यस आर्थिक वर्षको ९ महिनामा मात्रै ६ खर्ब ६८ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । गत वर्षको तुलनामा यस्तो लगानी २४ प्रतिशतले बढेको छ । त्यस्तै गत वर्ष खराब कर्जाका लागि १० अर्ब बराबरको सुरक्षणवापत राखेका बैंकहरुले यो वर्षको सोही अवधिमा जम्मा १ अर्ब १२ करोड मात्रै छुट्याउनुपरेको छ । यसरी कर्जा बिस्तारसागै प्रोभजनिङ गरेर राख्नुपर्ने रकम समेत घटेकाले बैंकहरुको नाफा बढेको हो ।

    २७ वटा बैंकमध्ये कुमारी बैंकले सबैभन्दा उच्च अर्थात् ८३ प्रतिशत नाफा वृद्धि गरेको छ । यस्तै नाफा उच्च हुनेमा नेपाल बंगलादेश, सिद्धार्थ, प्राइम र प्रभु बैंक पनि छन् । रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने भने नबिल बैंक हो, जसले यो वर्षको ९ महिनामा सबै खर्च कटाएर ९ अर्ब ६७ करोड बचाएको छ, जुन गत वर्षको सोही समयको तुलनामा साढे १६ प्रतिशतले माथि हो । तर, विदेशी लगानी रहेका एभरेस्ट, नेपाल एसबीआई र नेपाल स्ट्याण्डर्ड चार्टर्डसहित पााचवटाको नाफामा भने गिरावट आएको छ । राष्ट्र बैंकका केही सहुलितपूर्ण नीतिको लाभ बैंकले पाएको जानकारहरुको भनाइ छ ।