• काठमाडौं ।

    सरकारी कर्मचारीले किसानसँग पनि घुस लिएको खुल्न थालेको छ । किसानसँग अनुदानका लागि घूस लिने एक कर्मचारी अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले नियन्‍त्रणमा परेका छन्। डोल्पाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको स्याउ जोन कार्यालय प्रमुख हसमुल्ला खाँलाई आयोगले नियन्‍त्रणमा लिएको हो ।

    दाँते ओखरको बिरुवा उत्पादन गरेवापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घूस माग गरिरहेको अवस्थामा आयोगले समातेको हो ।

    आयोगको सुर्खेत कार्यालयबाट खटिई गएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।