• जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ भएपछि अत्यावश्यकबाहेक सवै सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक बिज्ञप्ति जारी गर्दै सेवा बन्द गरिएको जानकारी दिएको हो । बैशाख १५ देखि २१ सम्म सेवा बन्द गरिएको सूचनामा जनाईएको छ । कोरोनाका कारण जनजीवनमा असर परेको बताउँदै जिल्ला प्रशासन कार्यालयले सचेत रहन पनि आग्रह गरेको छ ।