• सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका रोजगार संयोजक गोविन्द कोईराला तथा प्राविधिक इन्जिनियर सुरज कार्की लाई स्थानीय फुर्वा तामाङले आक्रमण गरेका छन् । कार्यालयमा नै अभद्र ब्यबहार गरेपछि बिभिन्न संघ संगठनले आपत्ति जनाएका छन् । कार्यालयमा काम गरिरहेका बेला प्राबिधिक मुल्यांकन भन्दा धेरै रकम दिनु पर्ने माग गर्दै आक्रमण भएको उनीहरुले जनाएका छन् । आक्रमणपछि कार्यरत सम्पूर्ण कर्मचारीले बिज्ञप्ति जारी गर्दै घटनाले कर्मचारीको मनोवल गिराउने काम गरेको बताएका छन् । साथै, आक्रमणकारीले सार्वजनिकरुपमा माफी माग्नु पर्ने र कर्मचारीलाई सुरक्षाको अनुभूति दिलाउनु पर्ने माग गर्दै कर्मचारीले यो नभएसम्म कामकाज गर्न नसकिने बताएका छन् ।