• २०७२ वैशाख १२ मा परेको बिद्यालय मध्ये झण्डै तीन हजार विद्यालय अहिले पनि पुरानै अबस्थामा छन् । भूकम्पले मुलुकभर ९ हजारभन्दा बढी विद्यालय क्षतिग्रस्त भएका थिए । ती मध्ये अहिलेसम्म ६ हजार २ सय ४६ विद्यालय मात्रै पुननिर्माण भएका छन् ।

    काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित ३१ जिल्लाका ९ हजार ७२ विद्यालय मध्ये अहिलेसम्म ६ हजार २ सय ४६ विद्यालयको मात्र पुन निर्माण सम्पन भएको छ । एक हजार ५ सय १९ विद्यालयहरुको त पुन निमार्णका लागि योजना नै बनेको छैन् । कतै आफ्नै जग्गा नभएको, आर्थिक अभाव भएको र कतिपयमा विद्यार्थी संख्या कम भएको जस्ता कारण पनि अब के गर्ने भन्ने समस्या छ।

    शिक्षा मन्त्रालय अन्तर्गको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पले क्षतिगग्रस्त विद्यालय निमार्णका लागि एक खर्व, १० अर्व रुपैयाँ लाग्ने अनुमान छ । अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा १८ अर्व रुपैया खर्च हुँदैछ ।

    सरकारले तीन वर्षभित्र भूकम्पले क्षतिग्रस्त सबै विद्यालय पुननिर्माण गरिसक्ने प्रतिवद्धता जनाएको थियो । तर समयमा काम नहुँदा त्यो लक्ष्य सारेर २०८२ सम्म पुर्याइएको छ । तर सरकारको सुस्त कार्यशैली र ठूलो संख्याका विद्यालय पुनर्निर्माणको योजना नै नबन्दा तोकिएको समयमा काम पुरा नहुने सम्भावना पनि उत्तिकै छ ।