

-
काठमाडौं । माओवादी केन्द्रको कारबाहीमा परेका राष्ट्रियसभा सदस्य गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । पदमुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोही मन्त्रालयमा पुनर्नियुक्तका लागि सिफारिस गरेपछि राष्ट्रपति विद्या भण्डारीले आज साँझ ५ बजे शितल निवासमा उनलाई पद तथा गोपनीयताको पुनः शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाए थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन् ।
यसअघि पनि माओवादी केन्द्र त्यागेर एमाले रोजेका प्रतिनिधि सभाका सांसदहरूको पनि पद खारेज भएको थियो । मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो । सांसद पद गुमे पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्रीमा नियुक्ति दिएका थिए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



