

-
काठमाडौं । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छन् । यस्तै अध्यक्ष पदका अर्का प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गर्दा रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले छ हजार ७४१ मत प्राप्त गरी विजयी भए । सोही पदमा माधव नेपालले तीन हजार ७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गरे । उपाध्यक्ष (महिला) का बाला अधिकारीले सात हजार २२६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी अवधेश झाले तीन हजार ५६१ मत प्राप्त गरे । उपाध्यक्ष (समावेशी) मा उदय जिएमले छ हजार ११७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी मोहनकुमार सिंहले ९८१ मत प्राप्त गरे ।
महासचिवमा रोशन पुरीले छ हजार २४२ मत प्राप्त गरी विजयी भएका छन् । सचिव खुलामा गोविन्दप्रसाद चौलागाईँले छ हजार ७१ मत प्राप्त गरेर विजयी भए । त्यसैगरी सचिव (महिला) मा सिर्जना अर्यालले पाँच हजार ५८० मत प्राप्त गर्दा निमा काफ्लेले चार हजार ८९ मत प्राप्त गरेकी थिइन् । आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बूले छ हजार ३०० मत प्राप्त विजयी भएका थिए ।
अधिकांश सदस्यमा लोकतान्त्रिक प्रगतिशील प्यानल विजयी भएको छ । सो प्यानलमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घलगायतका संस्था आबद्ध थिए ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२