

-
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारले जानकारी दिए ।
उनका अनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो । रासस
News Desk 0 response आइतवार, चैत्र २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



