

-
महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना आज फेला परेका छन् । मङ्गलबार दिउँसो घाँस काट्न गएर घर नफर्केका सातै जनालाई प्रहरीले सीमावर्ती भारतीय जिल्ला सीतामढीबाट उद्धार गरेको हो ।
सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतीय प्रहरीको सहयोग र समन्वयमा सातै जनालाई उद्धार गरी फर्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । घाँस काट्न गएदेखि आज सीतामढीको रेल्वे स्टेशनमा भेटिनुअघि सम्मको कुरा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्ष सम्मका सात बालिका सम्पर्कविहीन भएका थिए । दिउँसो घाँस काट्न गएका घर नफर्केपछि धर्मपुरमा कोलाहल मच्चिएको थियो । घाँस काट्न समूहमा निस्केका १० वर्षीया रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान आज सीतामढीमा फेला परेका हुन् । सातै जनालाई आजै परिवारजनको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२