• काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत १७ गते मंगलबारदेखि २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ ।

    शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिएका छन् ।

    बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।