

-
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ । ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।
होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए ।
महाशाखाले आज मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ । विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १५, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२