

-
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले भने, “तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले विरोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले विरोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको छ ।” विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उनको भनाइ थियो ।
तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गरेका थिए ।
मुलुकको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १०, २०७७

सम्बन्धित शीर्षकहरु
सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन
सोमवार, फाल्गुन ४, २०८२-
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२ -
सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस..
सोमवार, फाल्गुन ४, २०८२ -
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
सोमवार, फाल्गुन ४, २०८२ -
बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र..
सोमवार, फाल्गुन ४, २०८२
-
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२ -
सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस..
सोमवार, फाल्गुन ४, २०८२ -
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
सोमवार, फाल्गुन ४, २०८२ -
बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



