

-
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान बङ्गलादेश राजधानी ढाकामा पुगेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी उनलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि त्यहाँका राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा पुगेकी छन् ।
राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई..
शुक्रबार, माघ ३, २०८२ -
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विभाजन भएकोमा हामी चिन्तित छौँ :..
शुक्रबार, माघ ३, २०८२
-
भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज..
बिहिबार, पुस २४, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



