

-
काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो ।
एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए । उनले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए ।
यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रनिनिधि मनोनीत गर्ने व्यवस्था गरेको छ । यस्तै उनका अनुसार बैठकले यही चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ ।
बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुर्याल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहेका छन् ।
दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला राई पौडेल रहेको कार्यदल गठन गरेको थियो । सो बैठकमा एमाले नेता बामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेलसमेत सहभागी थिए ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



