• काठमाडौं । सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताबाट अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै उक्त पदमा रमेश बडाललाई नियुक्त गर्न राष्ट्रिपति समक्ष सिफारिश गरेका हुन् । उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

    बडाल एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को उपाध्यक्षसमेत हुन् ।