

-
काठमाडौं । केपी ओली पक्षको नेकपा (एमाले) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहेका छन् । तामाङले एमालेको संसदीय दलको विधान विसं २०७२ यता संशोधन नभएकाले सोका लागि कार्यदल गठन गरिएको जानकारी दिए । यही चैत ७ गते बस्ने संसदीय दलको अर्को बैठकले संशोधन विधान पारित गर्ने बताइएको छ । उनले पुरानो विधानका आधारमा २५ सदस्यीय संसदीय बोर्डसमेत गठन गरिएको बताए । बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्यका रूपमा रहेका छन् ।
यस्तै बोर्ड सदस्यमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुर्याल, खिमलाल भट्टराई, पौडेल, तामाङ, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ, विमला विक, भूपेन्द्र थापा, राजेन्द्र राई, खेम लोहनी र सरिता न्यौपाने रहेका छन् । एक जना पछि मनोनयन गरिने जनाइएको छ । उनले बैठकमा नआउनेलाई कारवाही गर्नका लागि कुनै छलफल नगरिएको स्पष्ट पारेका छन् ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७


सम्बन्धित शीर्षकहरु
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी..
बिहिबार, जेष्ठ २, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२ -
मन्त्रिपरिषद् बैठक सुरू, कस्तो आउला निर्णय ?
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२