

-
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले आज उक्त खोप लगाएकी हुन् ।
खोप लगाइसकेपछि उनले भनिन्, “विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।” सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन् । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन् ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिएकी थिइन् । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलगायतको उपस्थिति थियो ।
News Desk 0 response सोमवार, चैत्र २, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२