

-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको हो ।
नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै दुई पार्टी अलगअलग भएका छन् । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र दावा लामा सरकारमा सहभागी भएका छन् । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै त्यसमा असहमति जनाउँदै माओवादी केन्द्रका केही मन्त्रीले त्यतिबेलै सरकार छाडेका थिए ।
बैठकले एमालेको कमिटीमा राखिएका सङ्घीय सांसद तथा प्रदेशसभा सदस्यलाई २४ घन्टाभित्र आफ्नो स्थिति प्रष्ट पार्न पत्र लेख्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बैठकले आगामी चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णयसमेत गरेको छ । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२