

-
१ सय ११ औ अन्तराष्ट्रिय दिवसको अवसरमा एकलमहिला समुहले एकल महिलाको समाजिक रुपान्तरणमा आधारित अभियानको अभिलेखिकरण कक्ष अवलोकन तथा स्थानीय महिलाहरुले उत्पादन गरेका समाग्रीहरुको हाटबजारको आयोजना गरेको छ ।
संस्थाले नेपालमा दुई दशकदेखि एकल महिलाहरुको सवाल र शसक्तिकरण संग जोडिएको सबै पक्षलाई समेटेर अभिलेखिकरण गर्ने कार्य गर्दै आईरहेको छ ।
सो अभिलेखिकरण कक्षको उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्रि विमला वि.क ले अवलोकन गर्दै संस्थाले एकलमहिलालाई संगठित मात्र नगरी उनिहरुलाई बाच्ने आधार समेत प्रदान गरेकोमा खुशी व्यक्त गर्नु भयो ।संस्थाक संस्थापक लिली थापाले माओवादी द्धन्द कालमा स्थापना भएको संस्था तत्कालिन माओवादी र सुरक्षाकर्मि दुबैको निसाना बनेपनि आफुहरुले रणनितिक हिसावले दुवै पक्षको मन जितेर संस्थाको मन जितेको स्मरण गर्दै सो समयका गतिविधिलाई समेटेर कैद गरिएका तस्विरहरुबारे सबैलाई प्रष्ट्याउनु भएको थियो ।
संस्थाका अध्यक्ष कुन्दा शर्माले एकल महिला समुहले सरकारको सहयोगमा टोखामा हर स्टोरी पार्क निर्माण गर्न लागेको जानकारी गराउदै सो पार्क महिलाहरुको दुख सुख विसाउने थलो हुने जानकारी गराउनु भयो ।
एकल महिला समुहको कार्यालय हात्तिगौडामा संचालित सो कार्यक्रममा काठमाडौं भक्तपुर र ललितपुरका एकल महिलाहरुले बनाएका हस्तनिर्मित सामाग्रिका साथै तरकारी अचार लगायतका खानेकुरा विक्रिको लागि राखिएको थियो । माओवादि द्धन्दमा श्रीमान गुमाएका देखि कोरोना संक्रमणले आफ्नो परिवार गुमाउन बाध्य महिलालाई आर्थिक रुपमा शसक्त बनाउन एकल महिला समुहले विभिन्न सीपमुलक कामहरु गर्दै आईरहेको छ ।एकलमहिला समुहले आफ्नो स्थापनाकाल देखि हालसम्म गरेको विभिन्न अभियानको अभिलेखिकरण गरी संस्थाको सभाहलमा प्रदर्शन गरेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
२०५२ सालमा स्थापित संस्थाले एकल महिलाहरुको हक अधिकार तथा शसक्तिकरणका लागि वकालत र सामाजिक न्यायका लागि कार्य गर्दैै आईरहेको छ । नेपालको जनसंख्याको ६ प्रतिशत् एकल महिला रहेका छन् भने एकल महिलाहरुमध्य ८६ प्रतिशत् एकल महिला अशिक्षित रहेको तथ्याङ्कले देखाएको छ ।


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२