

-
काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
“पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामका बारेमा निष्कर्ष निकाल्नुपर्नेमा त्योभन्दा बाहिर गएर फैसला गरिएको छ । कुनै राजनीतिक पार्टीको एकता गर्ने÷नगर्ने र राजनीतिक पार्टीलाई विभाजन गर्ने सर्वोच्चको फैसलाप्रति हाम्रो गम्भीर असहमति छ”, उनले भने, “यो अस्वाभाविक, अनुपयुक्त र गलत छ, त्यसैले हामी यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।”
यद्यपि, सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति हुँदाहुँदै उक्त फैसलालाई कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको उनले बताए । उक्त फैसलाको कानूनी उपचार खोज्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
बैठकले नेपालका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रियालाई जारी राख्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले नेकपाको हैसियतमा आजको बैठक अन्तिम भएको बताए । उनले भने– अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीका बीचमा फेरि एकताको पहल भयो भने त्यही ढङ्गले हुनेछ ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



