• काठमाडौं । प्रतिनिधिसभाको बैठक १० मिनेट जति बसेर यही फागुन २६ गते दिनको १ बजे बस्ने गरी स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अवरोध एवं बहिष्कारपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगन गरेका थिए ।

    संसद् बैठक नभएका समयमा सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने तथा अन्य कार्यसूचीमा अघि बढ्ने वा नबढ्ने भन्नेमा विवाद भएपछि प्रतिनिधिसभाको आजको पहिलो बैठक अवरुद्ध भएको हो । सभामुखले बैठकको कार्यसूचीमा रहेका विषयलाई प्रक्रियामा लैजानासाथ प्रमुख प्रतिपक्ष र दाहाल–नेपाल समूहले त्यसको विरोध गर्दै संसद्को कारबाही बहिष्कार गरेका थिए ।