

-
लमजुङ । जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ । ।
कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दरबन्दीअनुसार प्रमुख मालपोत अधिकृत एक , मालपोत अधिकृत दुई, नायब सुब्बा (नासु) तीन , खरिदार ११ , लेखापाल एक, कम्प्युटर अपरेटर एक हुनुपर्ने थियो । यीमध्ये मालपोत अधिकृत श्रेष्ठ, नासु रेशमबहादुर रिमाल, पूर्णबहादुर गुरुङ, खरिदार रुद्धप्रसाद गुरुङ, सिर्जना घिमिरे, ज्ञानराज कँडेल, लेखापालमा जनकराज पौडेल मात्र रहेका छन् ।
कर्मचारी नभएपछि दुई सहायक कम्युटर अधिकृत अस्थायीमा राखिएको छ भने पाँच कार्यालय सहयोग करारमा राखेको कार्यालयले जनाएको छ ।
कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनलाइन प्रणालीको काम प्रभावित, जग्गा नामसारी गर्नेलगायतका काम गर्न कठिन भइरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । सामान्य काम एक दिनमै हुने भए पनि अन्य काम भने धेरै समय लाग्ने गरेको छ । एक दिनमै हुने जग्गानाम सारी दिन चार दिनसम्म काम सम्पन्न हुन लाग्ने गरेको छ । काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा नै गुनासा आउने गरेको यहाँका कर्मचारीको भनाइ छ ।
कर्मचारी अभावले काममा ढिलाइ हुँदा बढी सेवाग्राही भीडभाड हुने र कर्मचारीलाई बढी कामको चाप हुने गरेको छ । दिनहुँ दिन काम थपिँदै जाँदा पहिला पुराना काम गर्ने भएकाले पनि सोही दिनको काम सोही दिनमा नहुने गरेको कार्यालयले जनाएको छ । यहाँ विषेश गरी खरिदारको कमीले बढी समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ ।
कर्मचारी अभाव भए पनि सक्दो काम भने गर्दै आइरहे पनि समस्या भने धेरै भइरहेको उनको भनाइ छ । कार्यालयमा जग्गा नामसारीलगायतका काम दुई//चार दिन लाग्दा जिल्लाका विगत गाउँगाउँबाट आएका सेवाग्राही होटलमा बस्नुपर्दा र बढी खर्च हुने गर्दा बढी मर्कामा पर्दै आएका छन् ।
कार्यालयबाट सेवाग्राहीले सहज र छिटोछरितोरुपमा सेवा पाउनबाट बञ्चित हुँदै आउँदा निकै दुःख पाएको महसुस हुने गरेको उनीहरुको भनाइ छ । कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको जनाउँदै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि समस्या जस्ताको त्यस्तै रहेको मालपोत अधिकृत श्रेष्ठले दुखेसो गरे ।
उनले भने, “सम्बन्धित निकायले कर्मचारी उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, सेवाग्राहीको नजरमा कर्मचारीले काम नगर्दाको जस्तो पर्न जाँदा हामीलाई अपजस मात्र हुने गरेको छ ।” रासस
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७


सम्बन्धित शीर्षकहरु

जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ नागरिकलाई खाना
बिहिबार, जेष्ठ २, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२