

-
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे ।
उनले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । हाल मासिक रु तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणा गरे ।
नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।
उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताए । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।
कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए । रासस
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा..
आइतवार, माघ ५, २०८२ -
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
आइतवार, माघ ५, २०८२ -
गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका..
आइतवार, माघ ५, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
आइतवार, माघ ५, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
शुक्रबार, पुस २५, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२



