-
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालले सूचना र प्रविधि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले यसमा मित्रराष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप र अनुुभव उपयोगी हुने बताएका छन् । मन्त्री गुरुङले नेपालका लागि इजरायलका राजदूत हानान गोडरसँग आज सिंहदरबारमा शिष्टाचार भेटवार्ताका क्रममा इजरायलले स्याटलाइट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएपछि सो धारणा व्यक्त गरेका हुन् ।
“सूचना र प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयननलाई प्राथमिकताका साथ अघि बढाएको छ”, नेपाल सरकारका प्रवक्ता उनले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेका विकास नेपालका लागि अतिउपयोगी हुनेछ ।” उनले नेपालले ‘समृद्ध नेपाल, सुुखी नेपाली’को राष्ट्रिय आकाङ्क्ष पूरा हुने गरी सूचना र प्रविधि क्षेत्रको विकासका लागि पूूर्वाधार निर्माणमा जोड दिएको समेत बताए ।
मन्त्री गुरुङले नेपालीलाई रोजगारीको अवसर दिनाका साथै नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलले सहयोगका गरेकामा आभार व्यक्त गरेका थिए भने राजदूूत गोडरले नेपालको कृषि, पर्यटन तथा सेटलाइन प्रविधिको क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताएका थिए । राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको स्याटलाइट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको अवगत गराएका थिए ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
बुधबार, फाल्गुन १९, २०७७
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
बुधबार, फाल्गुन १९, २०७७ -
सभामुखसहित पूर्वप्रधानमन्त्रीले लगाए पहिलो चरणको कोरोना खोप
बुधबार, फाल्गुन १९, २०७७
-
‘ न्यायिक समितिमा निवेदन लेख्ने,छलफल गर्ने र..
बिहिबार, फाल्गुन १३, २०७७ -
धुलिखेलका मेयर एसियाली मेयर छाता संगठनको अध्यक्ष
बिहिबार, फाल्गुन १३, २०७७ -
३१ सहसचिवको सरुवा
बिहिबार, फाल्गुन १३, २०७७ -
भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रमुख आयुक्तको..
शनिबार, फाल्गुन १५, २०७७ -
प्रतिनिधिसभा विघटन बदर,१३ दिनभित्र संसदको अधिवेशन आव्हान..
मङ्लबार, फाल्गुन ११, २०७७