-
सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो ।
उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको छ ।
पालिकामा बस्दै नबस्ने व्यक्तिका नाममा समेत सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर अध्यक्ष नै रकम हिनामिनामा संलग्न भएको स्थानीयवासी यतिराज तिमल्सिनाले बताए । गाउँपालिका अध्यक्षले यतिराज पहाडी, तीनपाटन १० सालुकेको नाममा माग फारम भराएर सिमेन्ट तथा पाइप बुझेको पनि भर्पाइ बनाएको देखिएको छ । यद्यपि यतिराज पहाडी नाम गरेको व्यक्ति यहाँ नरहेको तथा वडा नं १० मा सालुके भन्ने ठाउँसमेत नपर्ने उनको भनाइ छ ।
उनले पालिका अध्यक्षले नै दुलाल सप्लायर्ससँग समन्वय गरी पालिकाको रकम हिनामिना गरेको बताए । सबै फर्जी उपभोक्ता बनाएर सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर रकम हिनामिन भएको र सो रकम अध्यक्षले फिर्ता गर्नुपर्नेसमेत उनले बताए । अध्यक्षले यसरी फर्जी उपभोक्ता बनाएर दुलाल सप्लायर्ससँग फर्जी बिल मागेर रु चार लाख ७९ हजार ७४१ हिनामिना गरेका प्रष्ट देखिन्छ ।
यता गाउँपालिका अध्यक्ष मगरले भने अघिल्लो वर्षको सिमेन्ट, पाइप खरिद गरेको बाँकी तिर्नुपर्ने पैसा यस आर्थिक वर्षमा छुट्याएको रकमबाट तिरेको बताउँछन् । अघिल्लो वर्ष पनि सिमेन्ट र पाइप गाउँपालिकावासीलाई वितरण गरेका थियौँ र दुलाल सप्लायर्सलाई अघिल्लो आवको तिर्न बाँकी पैसा तिरेका उनको भनाई छ ।
चालु आवमा छुट्याएको रकम शीर्षकअनुसार काम नै नगरी अघिल्लो आवको बाँकी रकम तिर्न कसरी मिल्यो भन्ने प्रश्नमा उनले केही बोल्न मानेनन् । उक्त रकम गाउँपालिका अध्यक्ष मगरले नेपाल सरकारको नगद अनुदान रकमलाई शीर्षक परिवर्तन गरी ‘पाइप(सिमेन्ट खरिद वितरण अध्यक्ष ११’ नामको योजनाको शीर्षक बनाएका थिए । सरकारले पालिकाका सबै स्थानीयवासीलाई वितरण गर्ने गरी सिमेन्ट, पाइप वितरण गर्न रु सात लाख विनियोजन गरेको थियो तर सो रकम पालिकाका सबै वडामा समान हिसाबले वितरण नगरी आफ्नै वडामा फर्जी उपभोक्ता बनाएर खर्च गरेको पाइएको छ ।
यता अध्यक्षकै शैलीमा गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले पनि वाग्मती प्रदेश सरकारको समानीकरण नगद अनुदान रकमको शीर्षक परिवर्तन गर्दै ‘पाइप तथा सिमेन्ट खरिद वितरण उपाध्यक्ष ११’ नामको योजना बनाएको पाइएको छ । उपाध्यक्ष तामाङले योजना बनाउने सवालमा त्रुटि भएको तर ११ नं वडामा मात्र नभई गाउँपालिकाका ११ वटै वडामा सिमेन्ट र पाइप वितरण गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्षले सिमेन्ट र पाइप वितरण हालसम्म गरेको भन्ने आफूलाई जानकारी नभएको उनले बताए । उपभोक्ताले सिमेन्ट पाइप माग गर्न आउँदा यस्तो कुरा उपभोक्ताबाटै आफूले सुनेको बताए ।
प्रदेश सरकारले पठाएको समानीकरण अनुदानको रकम सूचना सर्वजनिक गरी उपभोक्ताबाट निवेदन सङ्कलन गरी सबै वडाका सबै नागरिकलाई आवश्यकताका आधारमा सिमेन्ट र पाइप वितरण गर्ने योजना रहेको छ । प्रदेश सरकारले रु पाँच लाख ५० हजार पठाएको उनले जानकारी दिए । सरकारको अनुदान रकममा जनप्रतिनिधिले आफ्नो स्वार्थअनुसार प्रयोग गर्दा उद्देश्यअनुरुप खर्च हुन सकिरहेको छैन ।
रासस
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
बुधबार, फाल्गुन १९, २०७७
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
बुधबार, फाल्गुन १९, २०७७ -
सभामुखसहित पूर्वप्रधानमन्त्रीले लगाए पहिलो चरणको कोरोना खोप
बुधबार, फाल्गुन १९, २०७७
-
‘ न्यायिक समितिमा निवेदन लेख्ने,छलफल गर्ने र..
बिहिबार, फाल्गुन १३, २०७७ -
धुलिखेलका मेयर एसियाली मेयर छाता संगठनको अध्यक्ष
बिहिबार, फाल्गुन १३, २०७७ -
३१ सहसचिवको सरुवा
बिहिबार, फाल्गुन १३, २०७७ -
भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रमुख आयुक्तको..
शनिबार, फाल्गुन १५, २०७७ -
प्रतिनिधिसभा विघटन बदर,१३ दिनभित्र संसदको अधिवेशन आव्हान..
मङ्लबार, फाल्गुन ११, २०७७