• काठमाडौं ।

    झापाको धुलाबारीमा रहेको पाँचतारे मेची क्राउन होटलमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार पूर्वरानी कोमलको जन्मदिन मनाउन पुगेका छन् । उनको परिवार सदस्यहरुको बसाई एक हप्ताको हुने होटल सञ्चालकले जानकारी दिएको छ ।

    पारस शाहबाहेक पूर्वराजपरिवारका सबै सदस्य पूर्वको झापा पुगेका हुन् । फागुन ७ गते पर्ने पूर्वरानी कोमल शाहको जन्मदिन मनाउन पारिवारिक जमघटसहित पूर्वराजपरिवार झापा पुगेका हुन् ।

    झापास्थित हिमालय टि स्टेटस्थित निवासमा रहेका राजपरिवार सदस्यहरु पूर्वरानी कोमलको ७१ औं जन्मोत्सव मनाउन होटल मेची क्राउनमा पुगेसँगै राजसंस्थाप्रति सुभेक्षा राख्नेहरुको पनि उपस्थिति रहेको थियो ।