

-
काठमाडौं । नेपाली सेनाले केही गैह्रसैनिक व्यक्तिसमेतको सहभागितामा सङ्गठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी सैनिक मुख्यालय जङगीअड्डामा चार दिने बृहत गोष्ठी प्रारम्भ गरेको छ ।
सेनाको सङ्गठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक तथा व्यावहारिक आधार तयार गर्न सुझाव प्राप्त गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेअनुरूप त्यसमा आधारित भएर सेनाले उक्त कार्यक्रम गरिएको बताइएको छ । प्रधानसेनापति थापाले गोष्ठीको उद्घाटन गर्दै हामी सबैले सकारात्मक सोचलाई अघि बढाउने र आफ्नो संस्थालाई सुदृढ, आधुनिक व्यावसायिक बनाउने कार्यको थालनी सबैमा आजैदेखि आफैबाट शुरु गर्नुपर्छ भन्ने दृढ अठोट हुनुपर्ने बताए ।
उनले भने, “वर्तमानले भविष्यको मार्गनिर्देश गर्छ, सङ्गठनात्मक सुदृढीकरणका लागि व्यक्ति र संस्थामा परिवर्तनको सोच हुनुपर्छ, त्यसका लागि चालिएका कदम कहिलेकाही दुखदायी हुनसक्ने भए पनि अन्ततः सकारात्मक नै नतिजा हासिल हुन्छ, त्यसैले आजैदेखि, आफैंबाट, हामीले नै त्यो कामको थालनी गरौँ ।’’
सेनाका विशिष्ट श्रेणीसहित ७५, रक्षा मन्त्रालयका दुई, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना अधिकृत उक्त कार्यक्रममा सहभागी भएका छन् । सहभागीलाई १६ समूहमा विभाजन गरी विषय विज्ञबीच प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ ।
सङ्गठनमा विद्यमान पद्धति र प्रणालीलाई सुदृढ तुल्याउँदै भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउने कार्यक्रमको लक्ष्य रहेको जानकारी दिइएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २, २०७७

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



