

-
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन् । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौं दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखेका थिए ।
महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट पारे । सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको जनाए ।
पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उनले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए । “रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो”, उनले भने, “विघटन भएको प्रतिनिधिसभा फेरि ब्युँतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो ।” उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क राखेका थिए ।
रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस शुरू भएसँगै महान्यायाधिवक्ता खरेलले बहस शुरू गरेका थिए । सोमबार दिनभरि बहस गरेर नसकिएपछि उनको बहसलाई आज पनि निरन्तरता दिइएको थियोे ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



