-
सउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका छन् ।
यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ । यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ ।
दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै सङ्क्रमण तीव्ररुपले फैलिएको छ । केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक सङ्क्रमितको सङ्ख्या ४०० भन्दा तल झरेको छ । सरकारले सङ्क्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा चार जनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ । रासस
News Desk 0 response बुधबार, माघ ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
बुधबार, फाल्गुन १९, २०७७
-
नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपामाथि लगाइएको..
बिहिबार, फाल्गुन २०, २०७७ -
नैतिकताको पाठ सिकाउने अयोधीप्रसाद वहाल हुँदाको यस्तो..
बुधबार, फाल्गुन १९, २०७७ -
दुर्घटनामा एक विद्यार्थीको मृत्यु
बुधबार, फाल्गुन १९, २०७७ -
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
बुधबार, फाल्गुन १९, २०७७ -
सभामुखसहित पूर्वप्रधानमन्त्रीले लगाए पहिलो चरणको कोरोना खोप
बुधबार, फाल्गुन १९, २०७७
-
‘ न्यायिक समितिमा निवेदन लेख्ने,छलफल गर्ने र..
बिहिबार, फाल्गुन १३, २०७७ -
धुलिखेलका मेयर एसियाली मेयर छाता संगठनको अध्यक्ष
बिहिबार, फाल्गुन १३, २०७७ -
३१ सहसचिवको सरुवा
बिहिबार, फाल्गुन १३, २०७७ -
भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने प्रमुख आयुक्तको..
शनिबार, फाल्गुन १५, २०७७ -
प्रतिनिधिसभा विघटन बदर,१३ दिनभित्र संसदको अधिवेशन आव्हान..
मङ्लबार, फाल्गुन ११, २०७७