• सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा भाषाको ठूलो समस्या छ । दक्षिण भन्दा पनि उत्तर सीमामा भाषको समस्याले धेरै अपराध पनि छिपेका छन् । यो समस्या समाधान गर्न सीमा सुरक्षामा कृयाशिल शसस्त्र प्रहरीले सीमामा खटिने जनशक्ति भाषाको ज्ञान भएको ब्यक्ति तयार गर्न थालेको छ ।

    राष्ट्रिय सुरक्षाका लागि सशस्त्र प्रहरी बलले उत्तरी र दक्षिणी सीमामा सूचना संयन्त्रलाई शसक्त र प्रभावकारी तुल्याउन दुबैतिरको भाषा बुझने, भौगोलिक र सामाजिक अवस्थासंग घुलमिल हुनसक्ने जनशक्ति तयार पार्न थालेको हो ।

    उत्तरी र दक्षिणी सीमा क्षेत्रमा सूचना संयन्त्रलाई शसक्त तुल्याउन दुबैतिर बोलिने भाषाको ज्ञान भएको जनशक्ति तयार पारिने भएको छ । राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण सीमा क्षेत्रमा अहिले भाषाकै कारण सूचना संकलनमा समस्या रहेको सुरक्षा संयन्त्रले नै औल्याएको छ । त्यसैले चीन र भारतका सीमामा त्यहाँको भौगौलिक ज्ञानसँगै परिवेश, भाषा बुझ्ने जनशक्ति तयार गरी परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ ।
    उत्तर र दक्षिण दुबै सीमा क्षेत्रबाट हुँदै आएका अपराधिक गतिविधी नियन्त्रण गर्न यस्तो रणनीति अपनाउन थालेको सशस्त्र प्रहरी बलले नयाँ भर्ना लिंदा तिब्बत र भारतीय सीमा क्षेत्रको भाषा बझुनेलाई प्राथमिकता दिन निर्देशन समेत दिइसकेको छ । भाषागत ज्ञानको अभावमा सीमामा के भैरहेको छ रु भन्ने बुझन् कठिन त भएको छ नै, सीमापारीका बासिन्दासँग सूचना ल्याउन समेत नसक्ने अवस्था छ ।

    आपराधिक कार्य र अतिक्रमणसँगै सामारीक दृष्टिले समेत दिन प्रतिदिन सीमा क्षेत्र संवेदनशील हुँदै गएका छन् । यसलाई समाधान गर्न शसस्त्रको बर्तमान नेतृत्वले सुरु गरेको यो काम सह्रानीय छ ।