-
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।
यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए । अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए । उनले भने, “अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हसरयो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।”
विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उनले भने, “डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।”
एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।
उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ । चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।
News Desk 0 response बुधबार, पुस २९, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७